बिजनबारीको सडक मरमति नगरे सबै यातायात अनिश्चितकालिन बन्द डाकिने

बिजनबारी :  घूम भञ्ज्याङदेखि बिजनबारीसम्मको लगभग 17 किलोमीटर सड़क धेरै अघिदेखि नै सोँचनीय र जोखिमपूर्ण अवस्थामा रहेको छ। सड़क मात्र जोखिम नभएर कजवे अनि कल्भर्ट समेत भत्किएर अहिले यातायातमा ठूलो बाधा पुग्न गएकोले गर्दा जनसाधारणले महँगाइको बोझ झेल्न परिरहेको छ। सड़क मरमत्तिको निम्ति बिजनबारी भेगका यातायात संगठनलगायत जनसाधारणको गुनासो जीटीए समक्ष थुप्रैपल्ट पुगे तापनि आजसम्म सड़क मरमति हुन नसक्दा यसको प्रतिवादमा बिजनबारी ट्रक ड्राइभर संगठनले गत सप्ताहदेखि नै चक्का जाम गरिसकेको छ । यसले गर्दै सोझै जनतामाथि बोझ आइपरेको भए तापनि जीटीएका सम्बन्धित विभाग चुपचाप रहेको कारण बिजनबारी भेगका सम्पूर्ण यातायात संगठनले बिजनबारी मोटर स्ट्यान्डमा आकस्मिक सभा गरेर जीटीए अनि सम्बन्धित विभागलाई एक सप्ताह अघि नै अल्टिमेटम दिइसकेको भए तापनि आजसम्म जीटीए मौन रहेको छ।  यसैले आज फेरि बिजनबारीका सम्पूर्ण यातायात संगठन, शैक्षिक संस्था, सामाजिक संस्था,बिजनबारी व्यापारिक संगठनलगायत सामाजिक संस्थाका प्रतिनिधहरूलाई लिएर सभा गरियो। सभामा सड़क मरमति विषयमा चुड़ान्त निर्णय नलिए बिजनबारी भेगका सम्पूर्ण यातायात अनिश्चितकालिन बन्द डाकिने सभापति देवाशिस गुरुङले जानकारी गराएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

holiganbet girişcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/jojobetcasibomCasibom GirişCasibomcasibomcasibomCasibom