बिजनबारीको सम्पद भवनमा विदाई समारोहको आयोजना

बिजनबारी : दार्जिलिङ-पुलबजार विकास खण्ड, बिजनबारीमा संयुक्त खण्ड विकास अधिकारीको रूपमा आफ्नो कार्यभार सम्हालेकी सुश्री छिरिङ युडेन भोटियाको गोरुबथान खण्डमा स्थानान्तरण भएकोले आज विदाई समारोहको आयोजना गरेर तिनलाई विदाई गरियो। स्थानीय सम्पद भवनमा खण्ड विकास कार्यालयका कर्मचारीहरू, ग्राम पञ्चायतका कर्मचारीहरूको संयुक्त आयोजनामा अनि खण्ड विकास अधिकारी कौशिक ब्यानर्जीको अध्यक्षतामा बिदाई समारोह सम्पन्न भयो। लगभग 5 वर्षको कार्यावधिमा तिनले बिजनबारी खण्डमा संयुक्त खण्ड विकास अधिकारीको पदमा रहेर गरीब निमुखाहरूको निम्ति धेरै कार्यहरू गर्दै आइरहेकी थिइन्। कार्यक्रममा खण्ड विकास अधिकारी कौशिक ब्यानर्जी, पञ्चायत विकास अधिकारी शिवलाल शर्मा, कार्य सहायकद्वय विधानचन्द्र राई, किरण लामा अनि पञ्चायत सचिव सनम सुब्बाले वक्तव्य राखे भने समारोहमा कर्मचारीहरूले सुमधुर गीतहरू प्रस्तुत गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobetjojobet girişjojobet