बिजनबारीको सिरिसे झेपी रोडदेखि कर्णदाङसम्मको बाटोको खनन् कार्य

बिजनबारी: स्थानीय मानिसहरूको असुविधा साथै गाउँमा उत्पादन गरिएको विभिन्न साग सब्जीहरुलाई बजारीकरण गर्न सुविधा होस् भन्ने उद्देश्य लिएर बिजनबारीको कैजले ग्राम अधिनस्थ पर्ने वार्ड नम्बर 6 लोवर सिरिसे झेपी रोडबाट कर्णदाङसम्म वाहन चल्न सक्ने बाटोको गोर्खा जनमुक्ति मोर्चा उपाध्यक्ष सतिश पोख्रेलले दिएको जेसीबीको सहयोगमा खनन् कार्य भइरहेको छ। लगभग 1 किलोमीटर दुरी भएको उक्त बाटो निर्माण कार्य शुरू भएपछि स्थानीय गाउँवासीहरूले राहतको सास फेरेका छन्। बाटोको निर्माण भएपछि आफ्नो गाउँ-घरमा उत्पादन गरिएको सबै साग-सब्जीहरु अब बजारमा लगेर उचित दाम पाउने आशा गरेका छन। उक्त सहयोगको निम्ति स्थानीय गाउँवासीको पक्षमा निर्मल शर्माले सतिश पोख्रेलप्रति हार्दिक धन्यवाद दिँदै तिनले आफ्नो वचन पुरा गर्दै काम गरेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubaywin girişmatadorbet girişcasibomgrandpashabet giriş