बिजनबारी: लामो समयको प्रतीक्षापछि अन्तत: बिजनबारीलाई रेलिङ हुँदै नेपालको सिमानासम्म जोड्ने बिजनबारी बजार नजिकैको स्टल ब्रीजको मरमति कार्य शुरु भएको छ। मुख्यत रेलिङ तथा मझुवा ग्राम हुँदै नेपालसम्म पुग्ने उक्त बाटोको शुरुमा रहेको पुल दीर्घकालदेखि जीर्ण अवस्थामा रहेकोले स्थानीय मानिसहरू समस्यामा परेका थिए भने उक्त ब्रीजको निर्माण कार्य शुरू भएकोले अब स्थानीयहरुले राहतको सास फेरेका छन्।