बिजनबारी लोअर आरुबोटेका पैह्रो पीडितहरूलाई आर्थिक साथै राहत सामग्री वितरण

बिजनबारी:  लामागाउँ सेवा संस्थान तथा छिमेकी समाजको प्रतिनिधि टोलीले पैह्रोग्रस्त मजुवा ग्राम अधीनस्थ लोअर आरुबोटेको भ्रमण गर्दै संकलित राशि तथा केही राहत सामग्रीहरू वितरण गरे। हामीहरूद्वारा गरिएको सानो सहयोगले यत्रो ठुलो नोक्सानमा केही नभए तापनि थोपा थोपाले नै घैला भरिने मन्त्रलाई आत्मसात गर्दै सबैले सहयोग गर्नसके पैह्रो पीडितहरूलाई केही राहत पुग्ने संस्थाका कुमार लिम्बु तथा अमृता लिम्बुले बताए। त्राण कमिटी सभापति दिलन सुब्बाले पैह्रो क्षेत्रहरूमा हालसम्म सरकारको नजर नपरेको बताउँदै दार्जिलिङका सांसद, विधायक तथा जिल्लापालले स्थलगत भ्रमण गरी चाँडै न्याय दिनुपर्ने अपील गरे। स्मरण रहोस्, लोअर आरुबोटेका 26 परिवार गत 24 सेप्टेम्बरदेखि अस्थायी शिविरमा बस्दै आएका छन् भने अन्य 10 परिवार आंशिक रूपमा पैह्रोको चपेटामा परेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobetjojobet girişjojobet