बिजनबारी: बिजनबारीको रेलिङ, कैंजले समष्टि अन्तर्गत लोअर साम्सु, खत्री डाँडा, थापा डाँडाको नवदिप समाजको सम्पूर्ण सदस्यहरूको उपस्थितिमा आज समाजको सभापति कृष्ण थापाको सभापतित्वमा रेलिङ कैंजले समष्टि को-अर्डिनेटर अनित सुब्बाको विशेष उपस्थितिमा सभा सम्पन्न भयो। उक्त सभामा आजसम्म यो गाउँमा विगतमा धेरै राजनीतिक दलहरू आए पनि कुनै ठोस कार्य नभएकोले हाम्रो पार्टीको संस्थापक अजय एडवर्डसको इमान्दार कार्यलाई शिरोपर गरेर 21 घर परिवार आजदेखि राजु पोख्रेल, अरुण पोख्रेल, साबित दाहालको उपस्थितिमा हाम्रो पार्टी साथै अजय एड्वर्डसको हात दह्रिलो पार्दै हाम्रो पार्टीको सदस्यता ग्रहण गरे।
