बिजनबारी नयाँबस्तीस्थित विद्यालय नजिक पैह्रो गएकोले बर्खाको समयमा यातायात गर्न खतरा रहेको जनगुनासो

बिजनबारी: नयाँ नोर ग्राम अधीनस्थ नयाँ बस्तीस्थित अगमसिंह गिरी उच्चतर माध्यमिक विद्यालयको खेल मैदान नजिक गत वर्ष गएको पैह्रोले गर्दा हाल वर्षाको समयमा स्थानीय मानिसहरू लगायत विद्यालय कर्तृपक्ष चिन्तित बन्न पुगेका छन्। गत वर्ष बर्खाको समयमा गएको उक्त पैह्रोले नयाँ बस्ती किजोम लगायतको आधा दर्जन गाउँहरूलाई बिजनबारी लगायत अन्य सहरहरूसँग जोड्ने बाटोमा हाल वर्षाको समयमा निक्कै खतरा बढेर गएको छ। यस सम्बन्धमा सम्बन्धित विभागबाट हालसम्म कुनै ठोस कदम नउठाएको जन गुनासो रहेको छ। स्थानीय मानिसहरू लगायत विद्यालयको पक्षबाट खण्ड विकास तथा जीटीएसमक्ष यसबारे अवगत गराइसकेको विद्यालयका प्रधान शिक्षक टासी वाङ्दी शेर्पाले बताए। यसबारे चाँडै उचित पहल नगरे विद्यालयको खेल मैदान लगायत अन्य ठाउँहरूलाई निक्कै खतरा रहेको तिनले बताए। स्मरण रहोस्, अगमसिंह गिरी उच्च माध्यमिक विद्यालय नयाँ नोर ग्रामको एकमात्र उच्च माध्यमिक विद्यालय हो भने यहीँ बाटो भएर अधिकांश विद्यार्थीहरुब विद्यालय आवत-जावत गर्ने गर्दछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *