बिजनबारी पान्दाम क्षेत्रमा पैह्रो गएपछि यातायात विच्छिन्न, गाउँलेहरू समस्यामा

बिजनबारी : बिजनबारी ब्लक अन्तर्गत पर्ने सिरिसे खोला पान्दाम क्षेत्रमा गत तीन दिनअघि परेको अविरल वर्षाको कारण यहाँको सडकको विभिन्न ठाउँहरूमा पैह्रो गएर भत्किएको छ। यसले गर्दा यस क्षेत्रका मानिसहरूलाई आवत-जावत गर्नमा धेरै असुविधा पुगिरहेको बताइएको छ। विशेष गरेर यस क्षेत्रमा पुग्ने एकमात्र यहीँ सडकको अवस्था बिग्रिएपछि मानिसहरूलाई हिँडडुल गर्न तथा  वाहनहरू नचलेपछि सर-समानहरू ल्याउनको लागि धेरै कष्ट भइरहेको गाउँलेहरूले दुखेसो पोखेका छन्।


गाउँलेहरूको भनाइ अनुसार विगत 2009-को आइलाको कारणले पनि उक्त सडक भत्किएको थियो। यसपछि फेरि 2017-मा  पनि उक्त सडक अझ धेर मात्रामा पैह्रो गएपछि अन्य ठाउँहरूसित सम्पर्क विच्छेद भएपछि यो सडक 2019-मा पुनः निर्माण गरिए तापनि गत 3 दिन अघि आएको अविरल वर्षाको कारण फेरि सडकको धेरैवटा ठाउँहरूमा पैह्रो गएपछि गाउँलेहरूलाई धेरै असुविधा पुगेको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *

MARScasibomcasibom girişCasibom Bonuscasibom mobil girişhttps://www.cellerini.it/girişcasibom girişcasibomcasibom girişbahsegelmarsbahiscasibom resmi girişcasibom