बिजनबारी रेलिङमा “फुलाङ्गे”-माथि विमर्श कार्यक्रम

बिजनबारी: सर्जक लेखनाथ छेत्रीकृत “फुलाङ्गे” उपन्यासमाथि विमर्श कार्यक्रम बिजनबारीको रेलिङ उच्चतर माध्यमिक विद्यालयको आयोजनामा विद्यालयका प्रधानाध्यपक एसके मोक्तानको अध्यक्ष्यतामा सम्पन्न भयो। स्थानीय विद्यालय भवनमा भएको कार्यक्रमका प्रमुख अतिथिका रुपमा विद्यालय सञ्चालन समितिका सभापति सतिश पोखरेल, कवि मनोज बोगटी, कवि कर्ण विरह, डा० कमल पोखरेल, कवि सुजनहाङ, कवि  कैलाश पाण्डे, कवि निमेष सुब्बा शिकारु” सत्यम राई, चलचित्र कर्मी पल्लवी राई, रोहित विक्रम शर्मा लगायत साहित्य सर्जकहरु साथै विभिन्न संघ-संस्था प्रतिनिधिगण आदि उपस्थित थिए। कार्यक्रममा नविन सुब्बाले “फुलाङ्गे”-माथि भएका पात्राहरुले भोगेका कुराहरु कलात्मक हिसाबले राखे भने जुन प्रकारले सन् 1986 सालको गोर्खाल्याण्ड आन्दोलनमा जनसाधारणको भोगेका पीडा मर्का तथा यातना साझा गरे। कार्यक्रममा डा० कमल पोखरेल, कवि कर्ण विरहले पनि कृतिमाथि सुन्दर ढङ्गले आ-अफ्ना विचार राखे। यसै अवसरमा सर्जक युवाकवि लेखनाथ छेत्री अनि कवि मनोज बोगटीलाई सम्वर्द्धना पनि जनाइयो भने कार्यक्रममा कवि तथा गायकहरुद्वारा कविता, गीत आदि प्रस्तुत गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *