बिजनबारी सिङला रोड खोल्ने कार्य आजदेखि शुरू

बिजनबारी : गत सप्ताह अघि आएको मुसलधारे पानीले गोक ग्राम पञ्चायत अन्तर्गत पर्ने भलायो डाँड़ा मुन्तिर गएको पैह्रोले बिजनबारी सिङला रोड धेरै दिन अवरोध भएपछि आज विभागीय तथा गोजमुमो पुल-बिजनबारी समष्टिको पहलमा जेसीबीको सहायताले बाटो खोलाउने काम धमाधम चलिरहेको छ। बाटो खोलाउने कार्य भए तापनि यसको मुन्तिरका बारीको मालिक राजेन तामाङले बारीमा ढुङ्गा फ्याँक्न नदिएपछि कार्यमा केही विलम्ब तथा समस्या भएकोले भोलिसम्म उक्त पैह्रो हटाएर सडक पुनः सुचारु हुने स्थानीय मानिसहरूको भनाइ रहेको छ। उक्त सडक सिक्किम गामी रोड भएकोले यसलाई क्षेत्रको लाइफ लाइन पनि मानिन्छ। सडक अवरोध भएकोले क्षेत्रका मानिसहरूले निक्कै समस्याको सामना गर्न परिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişbaywincasibom girişdeneme bonusugrandpashabet girişbahsegel girişcasibomcasibom