विजयी प्रतियोगी सहित कोरोना वरियरहरूलाई सम्मान

सुकेपोखरी : प्लुङदुङ तरुण संघद्वारा अनलाइन प्रक्रिया मार्फत् आयोजना गरिएको चित्रकला, निबन्ध लेखन, गायन तथा फोटोग्राफी प्रतियोगिताको परिणाम घोषणा तथा पारीतोषिक वितरण कार्यक्रम सम्पन्न गरियो । यसको साथै कोरोना वारियर सीएचओ, एएनएम, आशाकर्मी, आईसीडीएस कर्मी, स्वनिर्भर दलका कार्यकर्तालाई पनि यस अवसरमा सम्मान जनाइयो। संघका सभापति रबिन मुखियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा 11 आगनवाडी केन्द्रका कर्मी-सहकर्मीहरू, आशा कर्मी, प्लुङदुङ अनि बालासन उप स्वास्थ्य केन्द्रका एएनएम, सीएचओ, दर्शन र एकता एसएचजी-लाई कोरोना कालमा निस्वार्थ सेवा र सहयोग पुऱ्याए वापत् कोरोना योद्धाको रुपमा सम्मान जनाइयो । आईसीएसई परीक्षा 2020 मा 96 प्रतिशत अङ्क ल्याएर उतीर्ण हुने विद्यार्थी वेदान्त राईलाई सम्मान जनाइयो। यसैगरी, चित्रकला प्रतियोगिता तीनवटा क्याटोगोरीमा बिभाजन गरिएको थियो । अनलाइन गायन प्रतियोगिताका शीर्ष पाँच विजयी प्रतियोगीहरू तथा नव गठित हिल ट्यालेन्ट हव-ले आफ्नो साङ्गीतिक कार्यक्रम प्रस्तुत गरे भने कार्यक्रममा उक्त ब्याण्डलाई पनि सम्मानित गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobetjojobet girişjojobet