बिजनबारी: बिजनबारीको मझुवा ग्राम पञ्चायत क्षेत्रमा बिजुली बत्तीको अनियमितताले वाक्कै भएपछि उपभोक्ताहरुलाई लिएर उदय समाज सर-सफाईको निम्ति अघि आएको छ। एकातिर, कोरोना भाइरसको महामारी अर्कोतिर बत्तीको अनियमितताले वाक्कै भएका उपभोक्ताहरु बिजुली बत्तीको लाइन सर-सफाई गर्न उदय समाजका सदस्यहरू आज दिनभर खटेको देखियो। बिजनबारी क्षेत्र अन्तर्गत आरजीजीभीवाई-जीटीएद्वारा जड़ान गरिएको मझुवा ग्रामवासीहरूलाई बत्तीको अनियमिताले हाल धेरै असुविधा भईरहेको गुनासो पोखेका छन्। हाल विद्यार्थीहरूको अनलाइन पढ़ाई भइरहेको समय बिजुली बत्तीको अनियमिताले गर्दा तिनीहरूलाई समेत धेरै असुविधा भइरहेको जनगुनासो उठेपछि आफ्नो क्षेत्रको एचटी अनि एलटी लाईन परिसरमा भएको जंगल र झोड़ीहरू काट्न र सर-सफाई गर्न समाजका सदस्यहरूले अघि आएको बताइएको छ।