बिमल गुरुङद्वारा खोरीबारी इलाकाको परिभ्रमण

खोरीबारी : गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङले आज खोरीबारी खण्ड अन्तर्गत पर्ने पानीट्याङ्की दुलालजोतको परिभ्रमण गरे। यस अवसरमा तिनलाई स्थानीय पार्टी कार्यकर्ताहरूले भव्य रूपमा स्वागत जनाए। तिनले सबैलाई नव वर्षको शुभकामना दिनको साथै पत्रकारहरूसित कुराकानी गर्दै आउँदो 2021-को विधानसभा चुनाउलाई केन्द्र गरेर आज आफूले उक्त इलाकाको निरीक्षण गरेको बताए। यसको साथै बङ्गालमा ममता ब्यानर्जी पुनः मुख्यमन्त्री बन्ने दावी गर्दै तिनले विधानसभा चुनाउलाई केन्द्र गरेर विभिन्न क्षेत्रहरूमा सभाको आयोजना गरिने बताए। तिनले भाजपाको खोइरो खन्दै भाजपाले दार्जिलिङ पहाडका मानिसहरूलाई केवल आवश्वासन मात्र दिएको बताए। भाजपाको संकल्प पत्रमा उल्लेख गरिएको दार्जिलिङ पहाड, तराई-डुवर्सको स्थायी राजनीति समस्याको  समाधान गर्न उत्सुक नरहेको तर कश्मिरको मुद्दा, तीन तलाक आदि जस्ता विविध समस्याहरूको भाजपाले समाधान गरिदिएको बताए। भाजपाका केन्द्रीय नेतृत्वहरू क्रमैले अमित साह, जेपी नड्डा आदिसित थुप्रैपल्ट भेट गर्दा पनि तिनीहरूले केवल आश्वासन मात्र दिएर हाम्रो समस्या समाधान नगरेपछि नै अन्तमा ममता ब्यानर्जीसित पहाडको समस्या समाधानको निम्ति आफूले गठबन्धन गरेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *