बिमल गुरूङलाई निको भएका बिमारीहरूले भेटे अस्पतालमा

गान्तोक: गोर्खा जनमुक्ति मोर्चाको पहल तथा कञ्चनजङ्घा ट्रस्ट अनि प्रोजेक्ट रिचिङ आउटको संयुक्त आयोजनामा हालै सम्पन्न भएको नि: शुल्क स्वास्थ्य जाँच शिविरबाट धेरैजना बिमारीहरुलाई उपचारको निम्ति सिक्किमको सीआरएच मणिपाल अस्पतालमा रेफर गरिएको थियो। तीमध्ये आँखाको अपरेशन गरेर निको भएका बिमारीहरुले आज गान्तोकस्थित एसटीएनएम अस्पतालमा पुगेर हाल स्वस्थ्य लाभ गरिरहेका गोजमुमो अध्यक्ष बिमल गुरुङलाई भेट गर्नको साथै तिनको स्वास्थ्यबारे जानकारी लिए। यसको साथै तिनीहरूले बिमल गुरूङको शिघ्र स्वास्थ्य लाभको निम्ति कामना पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *