बिमल गुरूङ सिक्किम मणिपाल अस्पताल पुगेर बिरामीहरूसित गरे भलाकुसारी

गान्तोक: गोजमुमो अध्यक्ष बिमल गुरूङ आज शुक्रबार दिउँसो सिक्किमको मणिपाल अस्पतालमा आइपुगे। तिनले अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट डा. योगेश बर्मासित भेट गरेर बिरामीहरूको अवस्थाबारे जानकारी लिए। यसको साथै हाल उपाचाराधिन अवस्थामा रहेका जीटीए क्षेत्रका सबै बिमारीहरूसित भेट गरेर भलाकुसारी गर्दै तिनीहरूको स्वस्थबारे जानकारी लिए। कञ्चनजङ्गा ट्रस्ट , सिक्किम मणिपाल हस्पिटल अनि प्रोजेक्ट रिचिङ आउट फाउन्डेसन गोरुबथानको संयुक्त पहलमा हालै खरसाङको स्वस्थ्य शिविरमार्फत मणिपाल अस्पताल उपचारका लागि पठाइएका बिरामीहरूको स्वस्थ तथा उपचारबारे जानकारी लिनको लागि आज अस्पताल आइपुगेका कुरा बिमल गुरूङले बताए। प्राप्त जानकारी अनुसार स्वास्थ्य शिविरमार्फत उपचारको लागि पठाइएका बिरामीहरू सिक्किमको मणिपाल अस्पतालबाट हालसम्म 45 जना निको बनेर घर फर्किसकेका छन् भने 43 जनाको हाल उपचार चलिरहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *