बिमल खेमा गोजमुमो कालेबुङ जिल्ला समिति-द्वारा 30औँ नेपाली भाषा मान्यता दिवस पालन

कालेबुङ: गोर्खा जनमुक्ति मोर्चा बिमल खेमा कालेबुङ जिल्ला समितिको आयोजनामा आज यहाँको मरवाड प्यालेसमा 30औं नेपाली भाषा मान्यता दिवस पालन गरियो। यस अवसरमा एउटा कार्यक्रमको आयोजना गरियो।  पर्यावरणविद् एवम् क्लुनी महिला महाविद्यालयका पूर्व प्राचार्य डा. आरबी भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुख्य अतिथिको रूपमा शिक्षाविद् एवम् पूर्व प्राचार्य बी आर छेत्री उपस्थित थिए। नेपाली साहित्य अध्ययन समिति अध्यक्ष ज्ञान सुतार, साहित्यकार योगवीर शाक्य, कमल रेग्मी, टीएन सुवेदी, पार्टीबाट कर्णल आले, नोर्देन लामा, सामुएल गुरूङ, निमा लामा, दावा लेप्चा, प्रवीण रहपाल लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *