लङ्भ्यु : गोजमुमो बिमल खेमाको लङ्भ्यु चियाकमानको अग्रपन्थीका नेता श्याम डुम्जनले आफ्नो पार्टी त्यागेर नयाँ सोँच र नयाँ विचारलाई आत्मसात गर्दै विनय खेमामा सामेल भए। बिमल गुरूङको राजनैतिक सोँचको विरोध गर्दै तिनले आज गोजमुमो विनय खेमाका महासचिव अनित थापाको उपस्थितिमा तिनको पार्टीमा सामेल भए। तिनलाई पार्टी महासचिव अनित थापाले खदा लगाई दिएर आफ्नो दलमा स्वागत जनाए। यस अवसरमा श्याम डुम्जनले भने, बिमल गुरूङ अहिले पहाडको स्वास्थ्यको लागि हानिकारक छ। पहाडको भविष्य अनि क्षेत्रीय राजनीतिलाई बचाउने एकमात्र बाटो हो अनित थापा अनि विनय तामाङको नेतृत्व। यसपालीको चुनाउमा हामी यी पहाडका साँचो नेतृत्वलाई विपुल मतले विजयी बनाउने छौँ।