बिमल खेमाको चालक संगठनद्वारा मास्क वितरण

खरसाङ : खरसाङ बजारमा आज बिमलपन्थी गोजमुमोको भातृ संगठन दार्जीलिङ हिल तराई डुवर्स चालक संगठनको पक्षबाट चालकहरू र गाड़ीमा सवार यात्रीहरूलाई मास्क वितरण गरियो। गोजमुमो अध्यक्ष बिमल गुरुङले चालकहरूको लागि पठाएका माक्सहरू आज खरसाङ बजारमा वितरण गरिएको बताइएको छ। माक्स वितरण विषयमा पत्रकारहरूसित कुराकानी गर्दै दार्जीलिङ हिल तराई डुवर्स चालक संगठनको केन्द्रीय सदस्य युकास प्रधान र खरसाङ महकुमाका महासचिव सुरज छेत्रीले गोजमुमो अध्यक्ष बिमल गुरुङले वर्तमान कोरोना भाइरसको खतरालाई मध्य नजर राख्दै चालकहरूको सुरक्षाको लागि पठाएको माक्सहरू हामीले वितरण गरेको बताए। तिनले भने, आज हामीले चालकहरू लगायत गाड़ीमा यात्रा गर्ने यात्रुहरूलाई मास्क वितरण गऱ्यौ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *