बिमारीलाई एडवर्ड फाउन्डेसनको तर्फबाट आर्थिक सहयोग

खरसाङ : खरसाङ महकुमा अन्तर्गत तीनधारेदेखि केही तल बाघमारा बस्तीका एकजना बिमारीलाई एडवर्ड फाउन्डेसनको पक्षबाट आर्थिक सहयोग प्रदान गरियो। बाघमारा बस्तीको मनकुमार छेत्री लड़ेर खुट्टा भाँचिएपछि विगत एक महिनादेखि उत्तर बंगाल मेडिकल कलेजमा उपचराधीन अवस्थामा छन्।तिनको उपचारको लागि बाघमारा बस्तीको बिगेन्द्र छेत्रीको पहलमा अजय एडवर्ड फाउन्डेसनको तर्फबाट आर्थिक सहयोग प्रदान गरेको जानकारी प्राप्त भएको छ। अजय एडवर्ड फाउन्डेसनको पक्षबाट उत्तर बंगाल मेडिकल कलेज पुगेर मनकुमार छेत्रीलाई सहयोग गरे। एडवर्ड फाउन्डेसनको पक्षमा आशिष छेत्री, प्रियाजित छेत्री र कुन्दन रहजित उपस्थित थिए। एडवर्ड फाउन्डेसनको पक्षबाट आशिष छेत्रीले खरसाङ महकुमा अन्तर्गत सिविटार बाघमाराको बिमारीलाई अजय एडवर्डले सहयोग गर्ने वचन दिएकोले गर्दा तिनले पठाइ दिएको सहयोग प्रदान गरेको जानकारी गराए। बिमारीको पक्षबाट बिगेन्द्र छेत्रीले अजय एडवर्ड लगायत एडवर्ड फाउन्डेसनका सबैप्रति आभार प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *