विनय-अनित गुटका 50 परिवार पुनः गोर्खा जनमुक्ति मोर्चा बिमल खेमामा फर्किए

दार्जिलिङ: गोर्खा जनमुक्ति मोर्चा चुङथुङ मारेबुङ समष्टि अन्तर्गत पर्ने लिङ्गे भट्टीधुरा शाखाबाट 50 घर परिवार पुनः गोर्खा जनमुक्ति मोर्चा बिमल खेमामा सामेल भएका छन्। केन्द्रीय समिति सदस्य शरण लामा, युवा मोर्चा केन्द्रीय समिति कार्यकारी अध्यक्ष नोमन राई, समष्टि सदस्य रवि मंगर, गोक-बिजनबारी समष्टि युवा मोर्चा संयोजक बिनय सुब्बा अनि अन्य नेतृत्वहरूको सहयोगमा तिनीहरू ती 50 घर परिवार पुन: बिमल खेमामा फर्किआएको बताइएको छ।


गोजमुमो बिमल खेमामा पुन: फर्किआएका परिवार पक्षले बिगतका दिनहरुमा बिनय गुटको नेतृत्वहरूले आफुहरुलाई मानसिक यातना दिँदै झण्डा थमाएको तर अब पार्टीका अध्यक्ष बिमल गुरुङ अनि अन्य नेतृत्वहरूको आगमनले पहाड, तराई डुवर्समा पुनः शान्ति बहाली हुने र गणतन्त्र पुनःस्थापित हुनेछ भनि बताए। अध्यक्ष बिमल गुरुङको नेतृत्वमा अब समग्र गोर्खाहरूले न्याय पाउने अनि जातीय मुद्दा पार लाग्नेछ भन्दै वर्तमान राजनैतिक परिस्थितिमा अध्यक्ष बिमल गुरूङले लिएको निर्णय सही तथा समय सापेक्ष रहेको तिनीहरूले दावी गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişbaywincasibom girişdeneme bonusugrandpashabet girişbahsegel giriş