विनयपन्थी नारी मोर्चाको खरसाङमा सांगठनिक सभा

खरसाङ: विनयपन्थी नारी मोर्चाद्वारा अब खरसाङ नगरपालिकाको प्रत्येक वार्डमा सांगठनिक सभा गरेर पार्टीलाई सक्रिय बनाउने कार्य गर्ने भएको छ। आज नारी मोर्चा खरसाङ टाउन कमिटीको सभा गोजमुमो खरसाङ महकुमा समितिको पार्टी कार्यालयमा सम्पन्न भयो। उक्त सभा नारी मोर्चा खरसाङ टाउन कमिटीको सभापति सविता कार्कीको अध्यक्षतामा सम्पन्न भयो। सभालाई टाउन कमिटीका सचिव दिपा छेत्रीले सञ्चालन गरेका थिए। उक्त सभामा नारी मोर्चाले आगामी 24 जनवरीदेखि लगातार रूपमा विभिन्न वार्डहरूमा सभा गर्ने निर्णय लिएको छ। सभामा नारी मोर्चाका केन्द्रीय महासचिव मैया ठकुरी लगायत खरसाङ टाउन कमिटीका पदाधिकारीहरू उपस्थित थिए। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै नारी मोर्चाका खरसाङ टाउन कमिटीका सचिव दिपा छेत्रीले वार्डहरूमा निष्क्रिय रहेको संगठनलाई नारी मोर्चाले अब प्रत्येक वार्डमा पुगेर सभा गरी सक्रिय बनाउने कार्य गर्नेछौं र पार्टीलाई सक्रिय बनाउने डोज सभा नै हो भनी बताइन्। तिनले आगामी 24 जनवरीदेखि प्रत्येक वार्डमा पुगेर सभा गर्ने साथै 20 दिन लगाएर सभा गरेपछि प्रशाखा गठनतिर लाग्ने बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubahsegel girişbaywin girişmatadorbet girişMARSBAHİSMARSBAHİS GÜNCEL GİRİŞcasibom