विपन्न 24 परिवारलाई खाद्य सामग्रीहरू वितरण

मङ्पु: तकदाह ब्लक अन्तर्गत पर्ने सिटोङका समाजसेवी बिक्रम राई, अनिल राई र रतन छेत्रीले आज मङपु रेसेप बजार कल्याण समितिमार्फत विपन्न 24 परिवारलाई खाद्यान्न सामग्रीहरू वितरण गरे। सिटोङ 1 घलेटार निवासी बिक्रम राईले यसभन्दा अघि पनि मङपु लगायत सिटोङ 1, 2 र 3 ग्राम पञ्चायत क्षेत्रमा कोरोनाकाल अवधि धेरैजसो परिवारलाई  राहत प्रदान गर्नको साथै स्वास्थ्य सामग्री अनि बिरामीहरुलाई  नि:शुल्क दबाईहरू प्रदान गरिरहेका कुरा राईले जनाए। अर्कोतिर, अहिलेको कोरोना कालमा राहत प्रदान गरिदिएकोमा रेसेप बजार कल्याण समितिका सचिव मिक्का देवन अनि सद्स्य नरेश शेर्पाले बिक्रम राई अनि तिनका सहयोगीहरुलाई  धन्यवाद दिएका छन्। आज 24 परिवारलाई चामल, दाल, तेल, नुन लगायत अन्य खाद्य सामग्रीहरू वितरण गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *