खरसाङ (निसं): वरिष्ठ नागरिक कल्याण संगठन तीनधारेको आयोजनामा आफ्नै भवन तीनधारेमा सन्त फर्ननाडो नर्सिङ कलेज सिलगढीको पहलमा नर्सिङ तालिम विषय लिएर एउटा क्याम्पको आयोजना गरियो। उक्त क्याम्पमा विपिन्न परिवारका युवतीहरूलाई स्टुडेन्ट क्रेडिट कार्डमा नर्स तालिमको लागि मोठ 20 जनाले फारम जम्मा गरेको जानकारी प्राप्त भएको छ। आगामी सितम्बर महिनादेखि उक्त तालिम शुरू हुने संस्थानका निर्देशक मोहम्मद अख्तार शेकले जानकारी दिएका छन्। तालिम केन्द्रबाट गौरी सिंह साथै 6 जनाको टोली तीनधारे आएका थिए। यस क्याम्पमा धेरै संख्यामा छात्राहरूको उपस्थिति रहेको थियो। युवा भाइहरूको निम्ति पनि फार्मेसिस्ट तालिम लिन सक्ने जानकारी प्राप्त भएको छ। उक्त क्याम्पमा वरिष्ठ नागिरक कल्याण संस्थानका कार्यकारिणी सदस्य लगायत सचिव पूर्ण मास्के, सहसचिव सुरेशचन्द्र दर्नाल, अध्यक्ष गान्धी मोक्तान साथै वरिष्ठ नागरिक गणेश छेत्रीको पनि विशेष उपस्थिति रहेको थियो।