मङपु : कोरोनाको बढ्दो प्रकोपले गर्दा जारी लकडाउनलाई ध्यानमा राखेर हाम्रो मङपु राम्रो मङपु समूहले कोरोना संक्रमित परिवार लगायत विपन्न परिवारलाई राहत सामग्री तथा दबाईहरू घर-घरमै पुर्याउने अभियान शुरू गरेको छ। उक्त समूहद्वारा शुरू गरिएको ‘हुनेले दिएर जाँउ नहुनेले लिएर जाऊँ’ अभियानमा भीड हुने सम्भावनालाई ध्यानमा राखेर यसमा केही फेरबदल गरेर गाउँको समाजसित सम्पर्क गरेर विपन्न परिवरहरूबारे जानकारी लिएर घर-घरमै राहत सामग्रीहरू पुर्याउने अभियान शुरू गरेको बिदेन प्रधानले जानकारी दिएका छन्l भोलि सिम्लेमा उक्त अभियान चलाउने बिभोर सिङ्देनले जानकारी दिएका छन्।