खोरीबारी: बाघडुग्रास्थित खुदीराम पल्लीमा आज युवकहरूले सड़कमा विरल प्रजातिको एउटा कछुवा भेट्टाइएपछि यसबारे बाघडुग्रा वन विभागलाई जानकारी दिए। वन कर्मीहरू घटना स्थलमा पुगेर उक्त कछुवा उद्धार गरेर वनमा छोडीदिएको बताइएको छ। वन विभागका रेन्जर समीरण राजले दिएको जानकारी अनुसार खुदीराम पल्लीको सड़कमा फेला परेको विरल प्रजातिको कछुवाको स्वास्थ्य परीक्षण पछि जंगलमा छोडीदिएको छ।
