बिरामीको सेवा गर्दा जति आनन्द आउँछ, त्यति आनन्द जीवनमा कुनै कुराले पाउन सकिँदैन : मुख्यमन्त्री पीएस गोले

दिल्ली: हाल देशको राजधानी नयाँ दिल्ली भ्रमणमा रहेका सिक्किमका मुख्यमन्त्री पीएस गोलेले आज सिक्किमबाट उपचार गर्न गएका बिरामीहरूसँग भेट गरेर तिनीहरूको स्वास्थ्य स्थितिबारे जानकारी लिए। स्मरण रहोस, मुख्यमन्त्री गोले जहिले पनि दिल्ली भ्रमणमा जाँदा त्यहाँ उपचारको लागि गएका आफ्नो राज्य सिक्किमका बिरामीहरूलाई भेट्ने गर्छन्। तिनी भन्छन्, “बिरामीको सेवा गर्दा जति आनन्द आउँछ,त्यति आनन्द जीवनमा कुनै कुराले पाउन सकिँदैन।”



मुख्यमन्त्रीको यस्तै उद्धार मनोभावनाको कारणले गर्दा नै अहिले सिक्किमका बिरामीहरूले उपचारको निम्ति समस्या भोग्नु नपरेको बताउँछन्। यसैक्रममा आज पनि मुख्यमन्त्री गोलेले दिल्लीको पुरानो सिक्किम हाउसमा बसेर विभिन्न अस्पतालमा उपचार गराइरहेका सिक्किमबाट गएका बिरामीहरूसँग भेट गरेर तिनीहरूको हालखबर सोधखोज गरे। यसको साथै बिरामीहरूलाई उपचारको निम्ति सिक्किम सरकार अनि आफ्नो व्यक्तिगत तर्फबाट केही आर्थिक सहयोग पनि प्रदान गरे। तिनले उपचार सफल रहोस् भन्ने कामना गर्दै निको भएर चाँड़ै सिक्किम फर्किने अनि सिक्किमै भेट गरौं भन्दै बिरामीहरूलाई हौसला दिए। बिरामीका आफन्तहरूसँग पनि कुराकानी गर्दै मुख्यमन्त्रीले उपचारको निम्ति सहयोगको खाँचो परे निसंकोच बताउने सुझाउ पनि दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *