नक्सलबारी : नक्सलबारी खण्ड अन्तर्गत पर्ने हात्तीघीसाको बिरसा मुण्डा कलेजको शैक्षणिक तथा गैर शैक्षणिक कर्मचारीहरूले कोभिड 19 तथा यास तुफानसित जुझ्नको लागि वेस्ट बंगाल स्टेट एमरजेन्सी रिलिफ फन्डमा वित्तीय सहायता प्रदान गरेका छन्। उक्त कलेजका प्रिन्सिपल डा. वीरेन्द्र मृधाले आज प्रशासक गौतम देवलाई चेक प्रदान गरे। यस अवसरमा प्रिन्सिपल डा. वीरेन्द्र मृधाले बताएअनुसार कोरोना महामारी तथा यास तुफानले गर्दा धेरैजना मानिसहरूले समस्याको सामना गर्न परिरहेको छ। यसैले कलेजका सबै शैक्षणिक तथा गैर शैक्षणिक कर्मचाहरूको सहयोगमा 50 हजार रुपियाँको चेक प्रदान गरिएको तिनले बताए। कलेजको तर्फबाट असहाय मानिसहरूको सेवाको लागि प्रयास गरिरहेको तिनले बताए।