विश्व एड्स दिवसको अवसरमा राजगञ्ज ब्लकको फुलबारी मोडमा जागरूकता कार्यक्रम

राजगञ्ज: विश्व एड्स दिवसको अवसरमा राजगञ्ज ब्लकको फुलबारी मोडमा वेस्ट बेंगल भोलेन्टेरी हेल्थ एसोसिएसनको तर्फबाट जागरूकता कार्यक्रमको आयोजना गरियो। यस अवसरमा सभाको माध्यम वक्ताहरूद्वारा एड्सबारे मानिसहरूलाई जागरूक गराइयो। वेस्ट बेंगल भोलेन्टेरी हेल्थ एसोसिएसनका परियोजना निर्देशक तरूण माइतीले भने, प्रत्येक वर्ष झै यसपल्ट पनि विभिन्न ठाउँहरूमा एड्सबारे जागरूकता सभाको आयोजना गरियो। उक्त सभा दिनभरि नै चल्नेछ। यस सभामा धेरैजना एचआईभी पोजिटिभ व्यक्तिहरू उपस्थित रहेको पनि तिनले अवगत गराए। एचआईभी कुनै छुवाछुत बिमारी नरहेकोले एचआईभी पोजिटिभ व्यक्तिहरूसित मिलेर अघि बढ्ने तथा तिनीहरूको सहयोग गर्नु पर्ने तिनले बताए।  


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *