मिरिक: मिरिकको थर्बु चिया कमानले आज चिया कारखाना परिसरमा विश्व क्षय रोग दिवस पालन गऱ्यो। कार्यक्रममा थर्बु चिया कमानका अस्पतालका डाक्टर अरूप कुमार दास, चियाकमानका सहप्रबन्धक सुरज राई, एलडब्ल्युओ अनिलबान नीर, सिनियर कर्मचारी एवम् युनियन नेता अजम प्रधान, मनोज खड्का लगायत चियाकमानका अस्पताल कर्मचारी, आशाकर्मी, आइसीडीएस कर्मी आदि उपस्थित थिए। यस कार्यक्रममा थर्बु चियाकमानका डाक्टर अरूप कुमार दासले विश्व क्षय दिवसको महत्वबारे जानकारी गराउँदै देशले आगामी 2025 सम्म देशबाट क्षेय रोगलाई निर्मूल पार्ने लक्ष्य राखेपछि थर्बु चिया कमानले पनि सोही लक्ष्यलाई सफल बनाउने उद्देश्यले कार्य गरिरहेको बताए। तिनले मिरिकमा क्षय रोगको हाल केवल 4 वटा एक्टिभ मामिला रहेको जानकारी गराउँदै यसलाई शुन्य बनाउने उद्देश्यले कार्य गरिरहेको साथै यसमा सबैको सहयोग र सहभागिता आवश्यक रहेको बताए। लगातार खोकी लागे अथवा ओजन घटेको अनुभाव भएको खण्डमा सबैलाई खकार जाँच गराउने तिनले अनुरोध गर्दै जाँच गर्नु डराउनु नहुने बताए। तिनले भने, नियमित ओैषधि सेवन गरे क्षय रोग निको हुने बिमारी हो। यसको उपचार सरकारी अस्पतालहरूमा नि:शुल्क गरिन्छ।
