विश्व हात्ती दिवसमा रक्तदान शिविरको आयोजना

सिलगढी (निसं): पश्चिमबंग विज्ञान मञ्चको नक्सलबारी शाखाले विश्व हात्ती दिवसको अवसरमा आज रक्तदान शिविरको आयोजना गऱ्यो। आज खरसाङ वन विभागको टुकरियाझार रेञ्जमा उक्त रक्तदान शिविरको आयोजना गरियो। यस अवधि एडीएफओ राहुल दे मुखर्जी, विज्ञान मञ्चका गोपाल दे, एनएएफ-का अनिमेष बसु, पूर्व शिक्षक तथा विज्ञान मञ्चका सदस्य परितोष चाकलादार, विप्लब राय लगायत अन्य उपस्थित थिए। उक्त शिविरमा आज 20 यूनिट रगत संग्रहित गरियो। वन कर्मीहरूदेखि लिएर विज्ञान मञ्चका सदस्यहरूले रक्तदान गरे। उक्त संग्रह गरेको रगत उत्तरबंग मेडिकल कलेज एवं अस्पतालको ब्लड ब्याङ्कमा पठाइ दिएको छ। यस अवधि विज्ञान मञ्चका अभिजीत सरकारले भने, यहो शिविर हात्ती दिवस अनि रगतको सङ्कटलाई समाधान गर्नको लागि हो।


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *