विश्व होमियोप्याथी दिवसको अवसरमा सिलगढीमा चर्चा सभाको आयोजना

सिलगढी : आज विश्व होमियोप्याथी दिवस हो। अन्य चिकित्सासँगै होमिप्याथी चिकित्साको महत्व बढाउने विश्वकै होमियोप्याथी संस्थाहरूले लक्ष्य राखेर आज सिलगढीको हिलकार्ट रोडको एउटा गैर सरकारी होटलमा सिलगढी होमियोप्याथी डाक्टर्स वेलफेयर एन्ड रिसर्च फाउन्डेसनको पहलमा एउटा चर्चा सभाको आयोजना गरियो। उक्त चर्चा सभामा सहरका विशिष्ट होमियोप्याथी चिकित्सकहरू लगायत सिलगढीका मेयर गौतम देव पनि उपस्थित थिए। आजको चर्चा सबामा होमियोप्याथी चिकित्सक स्यामुअल हेनिम्यानको तस्विरमा फुलमाला चढाएर श्रद्धा सुमन चढाइयो। यस विषयमा गौतम देवले भने, राज्य सरकार चिकित्सा व्यवस्थाको बुनियादी ढाँचालाई विकसित गर्नको लागि प्रतिबद्ध छ। यसैले एलोप्याथी उपचारबाहेक होमियोप्याथी उपचारलाई पनि वैकल्पिक उपचारको रूपमा प्रयोग गरिने विचार रहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *