विश्व मानव तस्करी विरोध दिवस पालन

सुकेपोखरी: अनुज्ञालय दार्जीलिङ डायोसिस सोसियल सर्भिस सोसाइटी (डीडीएसएसएस), सुकेपोखरी थाना, सुके सिमाना क्लस्टर तथा दार्जीलिङ सुके पशुपति मानेभञ्ज्याङ मोटर ट्रान्सपोर्ट अनर वेलफेयर एसोसिएसन-को संयुक्त तत्वावधानमा विश्व मानव तस्करी विरोध दिवस पालन गरियो। सुके पुलिस थाना सहप्रभारी आनन्द सुब्बा, पुलिस कर्मी, अनुज्ञालय सीपीडव्ल्यु दर्शना राई,तेञ्जिङ लेप्चा,विभिन्न चिल्ड्रेन क्लबका नानीहरू,चालक सङ्गठनका चालकहरू तथा क्लस्टरका प्रतिनिधिहरूले संयुक्त रूपमा ऱ्याली निकालेर मानव तस्करीको विरोधमा आज सुके बजारको परिक्रमा गरे। हाल बढ़दो अवस्थामा देखा परेको मानव तस्करी, छोरीचेली बेचबिखन तथा बाल श्रम जस्ता अपराधमूलक घटनाक्रमलाई रोकथाम साथै उन्मूलन गर्न सबैको बराबरी उत्तरदायित्व रहेको कुरा आजको कार्यक्रमलाई सम्बोधन गर्दै उपस्थित पदाधिकारीगण एवम् प्रतिनिधिहरूले बताए। यसको साथै सबैले आ-आफ्नो पक्षबाट गर्न सकिने पहलबारे पनि तिनीहरूले प्रकाश पारेका थिए। सबैको साझा समस्या बनेको यस प्रकारको घटनाक्रम रोक्न आफ्नो दायित्वलाई सबैले नैतिक जिम्मेवारीको रूपमा लिन आवश्यक रहेको पनि जानकारी गराइयो।यसबारे चिल्ड्रेन क्लब, क्लस्टर तथा चालक सङ्गठनका प्रतिनिधिहरूले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *