सिलगढी : आज विश्व पर्यावरण दिवस। सिलगढी नगरनिगमको 25 नम्बर वार्डका पूर्व काउन्सिलर सीमा साहाको सहयोगिता एवम् 25 नम्बर वार्ड तृणमूलको पहलमा विश्व पर्यावरण दिवसकको अवसरमा सिलगढीको मिलनपल्ली शिशु उद्यानमा रुखको विरुवाहरू रोपियो।
यस अवसरमा सीमा साहाले भनिन्, वर्तमान कोरोना परिस्थितिमा देशभरिमै अक्सिजनको कमी देखापरेको छ। अक्सिजनको कमी पुरा गर्नको लागि यस समय अधिक मात्रामा रुखको विरुवाहरू रोप्नु आवश्यक रहेकोले वार्डभरिमै लगभग एक महिनासम्म वृक्षरोपण कार्यक्रम चल्ने तिनले बताइन्।