सिलगढी : डीवाईएफआई-को पश्चिम बंगाल राज्य कमिटीले आगामी 13 अप्रेलमा उत्तरकन्या अभियान गर्ने भएको छ। वाम युवा संगठनका सचिव मीनाक्षी मुखर्जीले आज सिलगढीको अनिल विश्वास भवनमा एउटा पत्रकार सम्मेनलको आयोजना गरिन्। यस सम्बन्धमा मीनाक्षी मुखर्जीले भनिन्, 100 दिनको कामको रुपियाँ किन रोकिएको छ? शिक्षामा भ्रष्टाचार, मिड-डे मीलमा कटौती किन? साथै विविध अभियोगलाई लिएर डीवाईएफआई-ले आगामी 13 अप्रेलमा उत्तरकन्या अभियान आह्वान गरेको छ। राज्यको विभिन्न ठाउँबाट युवा संगठनहरूको सदस्यहरूले उक्त अभियानमा अंश ग्रहण गर्नेछन्। यस अवधि मीनाक्षी मुखर्जीले विभिन्न मुद्दाहरूलाई लिएर केन्द्र र राज्य सरकारलाई कटाक्ष कसिन्। उत्तरकन्या अभियानमा आधारित थिम सङको पनि तिनले उद्घाटन गरिन्।
