विविध मागलाई लिएर राजगञ्ज गभर्मेन्ट पोलिटेक्निक कलेजका कर्मचारीहरूद्वारा हडताल शुरू

राजगञ्ज : बकाया वेतन लगायत विविध मागलाई लिएर राजगञ्ज गभर्मेन्ट पोलिटेक्निक कलेजका कर्मचारीहरूले आजदेखि हडताल शुरू गरेका छन्। बेलाकोवा गैर सरकारी संस्थासित आबद्ध रहेका 14 जना कर्मचारीहरूले आज बिहान कलेज अघि विक्षोभ प्रदर्शन गरे। गत 2 महिनादेखि वेतन नपाएको तिनीहरूको आरोप रहेको छ। यदि माग पुरा नगरेको खण्डमा आन्दोलन गर्ने तिनीहरूले चेताउनी दिएका छन्। प्राप्त जानकारी अनुसार राजगञ्ज गभर्मेन्ट पोलिटेक्निक कलेजमा एउटा गैर सरकारी संस्थाको अधीनमा 10 जना सुरक्षाकर्मी, 3 जना सफाई कर्मी र 1 जना इलेक्ट्रिसियनले काम गर्दै आइरहेका छन्। तिनीहरूले गत नोभेम्बर र दिसम्बर महिनाको वेतन नपाएपछि कर्तृपक्षलाई अवगत गराए तापनि कुनै पहल गरेको छैन। यसबाहेक पीएफ, ग्र्याचुटी र केन्द्र सरकारको नियम अनुसार वेतन दिइनुपर्ने तिनीहरूले माग गरेका छन्। गैर सरकारी संस्थाका सुपरभाइजरले बताएअनुसार सम्बन्धित विभागबाट रुपियाँ नआएकोले गर्दा गत दुई महिनादेखि वेतन दिन सकेको छैन। यस विषयमा कलेज कर्तृपक्षको भनाइ अनुसार ती कर्मचारीहरूलाई गैर सरकारी संस्थाको तर्फबाट नियुक्त गरिएको हो। कर्मचारीको मागबारे कलेज कर्तपक्षलाई जनाइसकेको छ। यस विषयमा उच्च अधिकारीहरूलाई अवगत गराइनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *