विविध मागलाई लिएर एसएफआई-द्वारा जिल्ला विद्यालय निरीक्षकको कार्यालय घेराउ तथा विक्षोभ प्रदर्शन

सिलगढी : विविध मागलाई लिएर एसएफआई दार्जिलिङ जिल्ला कमिटीले आज जिल्ला विद्यालय निरीक्षकको कार्यालय घेराउ गरेर विक्षोभ प्रदर्शन गर्यो। सिलगढी चिल्ड्रेन पार्कबाट एसएफआई जिल्ला कमिटीका सदस्यहरूले आज एउटा र्‍याली निकालेर जिल्ला विद्यालय निरीक्षक कार्यालय पुगेपछि कार्यालय घेराउ गरेर विक्षोभ प्रदर्शन गरे। अर्कोतिर, भरतीय छात्र फेडरेसन दार्जिलिङ जिल्ला कमिटीका सचिव अङ्कित दे –ले भने, राज्यको शिक्षा व्यवस्था भ्रष्टाचारको आखडामा परिणत भएको छ। कोरोना परिस्थितपछि विद्यालयमा विद्यार्थीहरूको संख्या घटेको छ। आर्थिक अभावले गर्दा धेरैजना गरिब विद्यार्थीहरूले पढ्ने अवसर पाएका छैनन्। तथापि, वैकल्पिक रूपमा आफूहरूले ग्रामीण क्षेत्र तथा आदिवासीहरू विद्यार्थीहरूको लागि शिक्षाको व्यवस्था गरेका छौं। स्कुल जान छाडेका विद्यार्थीहरूलाई स्कुलमा फर्काइ ल्याउने साथै कुनै पनि बहानाले सरकारी विद्यालयहरू बन्द नगरियोस भन्ने उद्देश्यले आफूहरूले राज्यभरिमै अभियान चलाइरहेका छौँ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO