विविध मागलाई लिएर सिलगढी विधान मार्केट व्यवसायी समितिद्वारा धरना प्रदर्शन

सिलगढी : विविध मागलाई लिएर सिलगढी विधान मार्केट व्यवसायी समितिले धरना प्रदर्शन गर्यो। सिलगढी विधान मार्केटको अटो स्ट्यान्ड नजिक आज सिलगढी विधान मार्केट व्यवसायी समितिका सदस्यहरूले धरना प्रदर्शन गरे। सिलगढी विधान मार्केट व्यवसायी समितिको आरोप अनुसार सहरको मुख्य बजार विधान मार्केटलाई 62 वर्षदेखि सरकारी सुविधाबाट वञ्चित राखेको, बजारको स्थायी समस्याको समाधान एवम् प्रत्येक दोकानलाई मालिकाना हक प्रदान गरिनुपर्ने मागमा सिलगढी जलपाईगढी विकास बोर्डलाई धेरैपल्ट पत्राचार गरे तापनि हालसम्म समस्याको समाधान गरिएको छैन। यसैले आज बाध्य भएर विक्षोभ प्रदर्शन गरिएको हो। उक्त धरना प्रदर्शन आगामी 3 दिनसम्म चल्नेछ। यस अवसरमा विधान मार्केट व्यवसायी समितिका सचिव बाप्पी साहाले बताएअनुसार विधान मार्केटको व्यवसायीहरूलाई मालिकाना हक प्रदान गरिनुपर्ने माग गर्दै धेरैपल्ट सिलगढी जलपाईगढी विकास बोर्डलाई पत्राचार गरिसके तापनि हालसम्म कुनै पहल गरेको छैन। आगामी दिनमा उक्त समस्याको समाधान नगरेको खण्डमा वृहत् आन्दोलन गर्ने तिनले चेताउनी दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *