सिलगढी : दैनिक प्रयोजनीय सर-समानहरूको मूल्य वृद्धिको प्रतिवाद लगायत 5 सूत्रीय मागलाई लिएर 12 जुलाई कमिटीले आज सिलगढीमा एउटा र्याली निकाल्यो। 12 जुलाई कमिटीको तर्फबाट आज राज्यभरिमा झैँ यता सिलगढी र दार्जिलिङ जिल्लामा र्यालीको आयोजना गरियो। सिलगढीको कञ्चनजङ्घा स्टेडियम अघिबाट कमिटीका सदस्यहरूले एउटा र्याली निकालेर सहरको विभिन्न पथहरूको परिक्रमा गर्यो।
