सिलगढी (निसं): सिलगढी नगरनिगम इलाकामा केही बस्तीहरू रहेको छ। ती बस्तीमा बसोबास गर्ने मानिसहरूको मागलाई लिएर आज पश्चिमबंग बस्ती उन्नयन समिति सडकमा ओर्लिएको छ। पश्चिमबंग बस्ती उन्नयन समितिले फेरि विभिन्न बस्ती इलाकामा बसोबास गर्ने मानिसहरूको साथमा आज नगरनिगम अभियान चलायो। यस अवधि वाम नेताहरू पनि उपस्थित थिए। प्रदर्शनकारीहरूले सिलगढीको अनिल विश्वास भवन संलग्न इलाकाबाट एउटा रैली निकालेर नगरनिगम परिसरमा पुगे तापनि पुलिसले उक्त रैलीलाई रोकिदियो। यसपछि प्रदर्शनकारीहरू सडकमा बसेर विरोध प्रदर्शन गरे। यस अवधि अशोक भट्टाचार्य लगायत अन्य माकपा नेताहरूले नगरनिगमको भूमिकालाई लिएर प्रश्न चिन्ह खडा गरे। यस सम्बन्धमा पूर्व मेयर अशोक भट्टाचार्यले भने, माग पुरा गर्ने विषयमा नगरनिगमलाई धेरैपल्ट प्रश्न चिन्ह खडा गरे तापनि केवल आश्वासन मात्र दिने गर्दछ। तर वास्तविकतामा भने सो पुरा गरेको छैन।