सुकेपोखरी: सयदिने रोजगार योजनामार्फत पुलुङदुङ ग्राम पञ्चायत क्षेत्रमा रूखका विरुवाहरू रोप्ने कार्य सम्पन्न गरियो। जोरबङलो सुकेपोखरी खण्ड विकास कार्यालय अनि पुलुङदुङ ग्राम पञ्चायतको संयुक्त तत्वावधानमा आज राशन गोदाम डाँडा परिसरमा विभिन्न प्रजातिको रूखका बिरूवाहरू रोपियो। खण्ड विकास कार्यालय मनेरेगा विभागबाट प्रत्येक वर्ष विभिन्न प्रजातिका बिरूवाहरू रोप्ने कार्य भइरहेको छ। यसै अन्तर्गत खण्डका सबै ग्राम पञ्चायतमा बिरूवा रोप्ने कार्य भइरहेको बताइको छ। आज जीटीए पञ्चायत अनि ग्रामीण विकास विभाग तथा मनेरेगा विभाग कार्यकारणी निर्देशक एम मुधक, खण्ड विकास अधिकारी सामीरूल इस्लाम, घुम-सिमाना रेञ्ज अधिकारी सुरेश पाण्डे लगायत धेरै संख्यामा मानिसहरूको उपस्थिति रहेको थियो। जैविक विविधता, बन संरक्षण अनि पर्यावरणलाई सन्तुलित बनाई राख्न तथा पर्यावरणको महत्वलाई ध्यानमा राख्दै खण्ड विकास कार्यालयले मनेरेगा विभागबाट ग्राम पञ्चायत क्षेत्रको विभिन्न स्थानमा उन्नत प्रजातिको रुखका बिरुवाहरू अनि फल-फुलका बिरुवाहरु रोपिएको खण्ड विकास अधिकारी सामीरूल इस्लामले जानकारी दिएका छन्।