भाजपा महिला मोर्चाद्वारा सिलगढी थानामा गंगा जल छर्किएर ‘थाना शुद्धिकरण’ कार्यक्रम

सिलगढी, 23 सितम्बर (निसं): भाजपा महिला मोर्चाले आज पुलिस थानामा गंगा जल छर्किदिएर झाड़ुले सफाई अभियान चलायो। उक्त कार्यक्रम आज सिलगढी थाना सामु लगायत राज्यको विभिन्न स्थानहरूमा पनि सम्पन्न गरियो।
राज्यमा महिला उत्पीड़न अनि दुष्कर्मका घटनाहरू लगातार बढ्दै गइरहेको छ तर यी सबै घटनाहरू रोक्नको लागि भाजपा सिलगढी साङ्गठनिक जिल्ला महिला मोर्चाले पुलिस प्रशासन माथि उदासीनताको आरोप लगाउँदै थाना परिसरमा गंगाजल छर्किएर सर- सफाई कार्यक्रम चलायो।
यस सम्बन्धमा भाजपा महिला मोर्चाको जिल्ला अध्यक्ष तारपिता सरकारले भनिन्, पश्चिम बंगालमा दिन-प्रतिदिन बलात्कारको मामिला बढिरहेको छ। यी सबै घटनाहरूले गर्दा मानिसहरू वाक्कै दिक्कै भइसकेका छन्, यसैले आज थानाहरूमा गंगा जलले छर्कीएर सफाई गरिएको हो। आरजी कर घटना लगायत उत्तर बंगालको सबै घटनाहरूको जाँच गरिने तिनले बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *