दार्जिलिङ (निसं): दार्जिलिङको गड्डीखान निवासी 56 वर्षीय श्रीमति बिमला छेत्री ब्लड क्यान्सर रोगले पिडित भएर हाल सीएमसी भेल्लोरमा उपचाराधिन अवस्थामा रहेकी छन्। हाल तिनको अवस्था खुबै चिन्ताजनक रहेकोले तिनलाई आईसीयु-मा राखिएको छ। हालसम्म तिनका घर परिवारले रोगीको उपचारको लागि सक्दो धेरै रुपियाँ खर्च गर्दै आइरहेको भए तापनि आईसीयुबाट निकाल्नका लागि अझ 21 लाख रूपियाँको आवश्यकता रहेको अस्पताल पक्षले जनाएको छ। यसर्थ “मानव सेवा नै माधव सेवा हो” भन्ने कुरालाई ध्यानमा राखेर ब्लड क्यान्सर रोगीको परिवार पक्षले सबैसित जे-जति सक्दो आर्थिक सहयोग हुनसक्छ पुऱ्याइदिने विनम्र अपिल गरेको छ। इच्छुक महानुभावहरूले A/C No. 1497104000007689, IFSC:IBKL0001497, KOMAL LAMA, IDBI BANK, DARJEELING BRANCH –मार्फत आर्थिक सहयोग पुऱ्याउन सक्ने रोगीका छोरी कोमल लामाले बताएकी छन्।