ब्लू माउन्टेन होटल एण्ड रिसार्ट देह व्यवसाय काण्डका सातौँ आरोपी सौरभ घोष पक्राउ, अदालतमा गरियो पेश

सिलगढी (निसं) : सिलगढीको ब्लू माउन्टेन होटल एण्ड रिसार्ट देह व्यवसाय काण्डको जाँचमा जुटेको पुलिसले गत राति अझ एकजना आरोपीलाई पक्राउ गरेपछि आज तिनलाई सिलगढी अदालतमा पेश गऱ्यो। उक्त पक्रा पर्ने सातौँ आरोपी हुन् सौरभ घोष। सिलगढी शहरमा देह व्यवसायको लागि युवती उपलब्ध गराउने गरेको तिनी विरुद्ध आरोप रहेको छ। गत राति एसओजी-पुलिसको टीमले गोप्य सूचना पाएर सातौँ आरोपी सौरभ घोषलाई जलपाईमोडबाट पक्राउ गरेको छ। सिलगढी प्रधान नगर थाना पुलिसले देह व्यवसाय चलाएको आरोपमा इनमोरल ट्राफिकिंग अन्तर्गत मामिला दर्ता गरेर आज सौरभ घोषलाई सिलगढी अदालतमा पेश गरेको छ। 


स्मरण रहोस, गत 24 मईको राति सिलगढी मेट्रोपलिटनको एसओजी अनि प्रधान नगर थाना पुलिसले संयुक्त रूपमा डागापुरस्थित ब्लू माउन्टेन होटल एण्ड रिसार्टमा ड्रिग्स पार्टीको नाममा चलिरहेको देह व्यवसायको खुलासा गर्दै बिहारबाट आएका तीनजना ग्राहक क्रमैले भिनित गौतम, अभिषेक गौतम र इकबाल अहमद हासमी सहित चौथो सिलगढीको सप्लायर राजु सरकारलाई पक्राउ गर्नको साथै एकजना युवतीलाई घटनास्थलबाट उद्धार गरेको थियो। यसपछि पुलिसले पक्रा पर्नेहरूलाई सोधखोज गरेपछि गत 15 जूनको दिन पाँचौँ आरोपी सन्दीप कुण्डई उर्फ सैन्डीलाई पक्राउ गरेको थियो। गत मंगलबार राति फेरि उक्त काण्डका अर्को आरोपी सरकारी स्कुलका शिक्षक निमा लामालाई पनि पक्राउ गरिसकेको छ। तिनले पर्दा पछाडी बसेर देह व्यवसायको लागि युवतीहरू पठाउने गरेको साथै मसाज पार्लरको आडमा देह व्यवसाय गर्ने गरेको तिनीविरुद्ध आरोप रहेको छ। तथापि, पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *