बोर्ड परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरूलाई सम्मान

बिजनबारी:  लोअर साम्सु बिश्वज्योति समाजले स्थापना कालदेखि नै निरन्तर रूपमा विभिन्न समाजिक तथा सेवा कार्यहरू गर्दै आइरहेको छ। यसै क्रममा आज समाजले आफ्नो पहिलो वर्ष गाँठको अवसरमा यस वर्ष 2020-को माध्यमिक तथा उच्चतर माध्यमिक परीक्षामा उत्कृष्ट अङ्क लिएर उत्तीर्ण भएका चारजना विद्यार्थीहरू क्रमैले आर्दश राई, एलिशिवा राई, इभेनजेलिना राई र अनमोल राईलाई खदा लगाई दिनको साथै  पारितोषिक तथा सम्वर्द्धना पत्रद्वारा सम्मान जनायो।


हाल कोरोना परिस्थितिलाई ध्यानमा राखेर सामाजिक दूरी पालन गर्दै उक्त समाजले आफ्नो पहिलो वर्षगाठको अवसरमा साधारण कार्यक्रमको आयोजना गरेर विद्यार्थीहरूलाई सम्मान जनाएको समाजका सभापति बीरबल राईले जनाएका छन्। लकडाउन अवधिमा उक्त समाजद्वारा विपन्न परिवारहरूलाई राहत साम्रगीहरू वितरण गरिरहेको साथै भविष्यमा पनि यस प्रकारको सामाजिक कार्यहरू निरन्तर रूपमा गरिरहने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş