बडी बिल्डिङ च्याम्पियनसिपको लागि ऋषि सिङ्ग्दनलाई भागोप्रमो युवा शक्ति-द्वारा आर्थिक सहयोग

मङ्पु : मङ्पुका बडी बिल्डर ऋषि सिङ्ग्दनलाई प्रोत्साहन गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक युवा शक्ति मङ्पु लाब्दा समष्टिद्वारा सहयोग राशि प्रदान गरियो। गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन युवा एवम् खेलकुद मामिला विभाग अनि गोर्खाल्याण्ड बडीबिल्डिङ तथा शरीर फिटनेस संघको संयुक्त आयोजनामा पहिलो जीटीए बडीबिल्डिङ पुरुषको फिजिक र ओपन वुमेन्स फिजिक च्याम्पियनसिप आगामी 30 सेप्टेम्बर र 1 अक्टोबर 2023-को दिन गोर्खा रंगमञ्च भवनमा सम्पन्न हुने भएको छ। उक्त च्याम्पियनसिपमा मङ्पुले पनि सहभागिता दिनुपर्छ भन्ने सोच लिएर भागोप्रमो युवा शक्ति मङ्ग्पु लाब्दा समष्टि अध्यक्ष दिव्य प्रकाश बम्जन, युवा शक्ति मूल सचिव खरसाङ महकुमा समिति विज्ञान मिश्र, युवा शक्ति प्रवक्ता विभोर सिङ्ग्दनले मङ्पुका बडीबिल्डर ऋषि सिङ्ग्दनलाई आर्थिक सहयोग राशि प्रदान गर्नको साथै प्रतियोगितामा जीतको लागि अग्रिम शुभकामना पनि दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *