बोनसको मागमा पहाड बन्द, मुख्यमन्त्रीको कडा टिप्पणी

बाघडुग्रा, 30 सेप्टेम्बर (निसं): चिया श्रमिकहरूलाई 20 प्रतिशतको दरले पुजा बोनस दिनु पर्ने माग गर्दै पहाडमा आज सोमबार 12 घण्टा बन्द बोलाइएको छ। उक्त बन्दलाई लिएर सिलगढीबाट कोलकाता फर्किन अघि राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीले आज बाघडुग्रा हवाई अड्डामा कडा टिप्पणी गरेकी छन्। उनले भनिन्, “पश्चिम बंगालमा बन्द हुँदैन। सरकारले बन्दको राजनीतिमा विश्वास गर्दैन।” मुख्यमन्त्रीले पहाडमा 12 घण्टा बन्दको विरोध गर्दै भनिन्, यस विषयमा त्रिपक्षीय बैठक भइरहेको छ र उनी यसलाई समाधान गर्ने छिन्। उनले यस विषयमा हस्तक्षेप नगर्ने पनि स्पष्ट पारिन्। सोमबार उत्तर बंगालको दुईदिने भ्रमण पूरा गरेपछि मुख्यमन्त्री उत्तरकन्याबाट बाघडुग्रा हवाई अड्डा हुँदै कोलकाताको लागि प्रस्थान गरिन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomholiganbet girişcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibom