वृक्षारोपण "समियाना" कार्यक्रमको मन्त्री गौतम देवद्वारा उद्घाटन

राजगञ्ज : तृणमूल महिला कांग्रेसले राज्यभरिमै 1 लाख रुखको विरुवा रोप्ने समियाना नाम गरेको कार्यक्रम सम्पन्न गरिरहेको छ। यसै क्रममा आज डाबग्राम-फुलबारी ब्लक तृणमूल महिला कांग्रेसको तर्फबाट फुलबारीस्थित पथेरसाथी परिसरमा वृक्षारोपण गरियो। यस कार्यक्रमको राज्यका पर्यटन मन्त्री गौतम देवले उद्घाटन गरे। आज वृक्षारोपणबाहेक लगभग 2000 रुखको विरुवा पनि वितरण गरियो। पर्यटन मन्त्री गौतम देवले बताएअनुसार तृणमूल महिला कांग्रेसको तर्फबाट समियाना कार्यसूची अन्तर्गत राज्यभरिमै एक लाख विरुवा रोप्ने पहल गरेको छ। यसै अन्तर्गत आज डाबग्राम-फुलबारी ब्लक तृणमूल महिला कांग्रेसद्वारा वृक्षारोपण गर्नको साथै रुखको विरुवाहरू पनि वितरण गर्यो। यस अवसरमा पर्यटन मन्त्री गौतम देव, जलपाईगढी जिल्ला परिषदका कर्माध्यक्ष देवाशीष प्रामाणिक, ग्राम पञ्चायत प्रधान दिलीप रायलगायत तृणमूल महिला कांग्रेसका सदस्यहरू  एवम् अन्य नेतागण उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.