वृन्दावन वेलफेयर सोसाईटीको दोस्रो स्थापना दिवस तथा वार्षिक साधारण सभा

खरसाङ (निसं): वृन्दावन वेलफेयर सोसाईटीको दोस्रो स्थापना दिवस साथै वार्षिक साधारण सभा आज सम्पन्न भयो। वृन्दावन वेलफेयर सोसाईटी सालबारीको दोस्रो स्थापना दिवस र वार्षिक साधारण सभा अनुज प्रधानको अध्यक्षतामा सम्पन्न भयो। सभाको सञ्चालन सोसाईटीका सचिव प्रवेश थापाले गरेका थिए। कार्यक्रमको शुरुमा समाजका वरिष्ठ व्यक्तिहरूको बाहुलीबाट धुप दीप प्रज्ज्वलन गरियो। यसपछि कार्यक्रममा सोसाईटीका कोषाध्यक्ष दिलीप शर्माले वर्ष 2023 को आय व्यायको हर हिसाब सुनाए भने सचिव प्रवेश थापाले सचिवको प्रतिवेदन प्रस्तुत गरे। कार्यक्रममा सोसाईटीको नयाँ पदाधिकारीहरू चयन गर्नलाई चुनाउ गरेपछि वृन्दावन वेलफेयर सेसाईटीको नयाँ सभापतिको रूपमा दिलिप शर्मा, उप सभापति बन्दना भुजेल, सचिवमा पुन: एकपल्ट प्रवेश थापा, कोषाध्यक्ष अनुज प्रधान, सल्लाहकारको रूपमा पीबी मोक्तान र निर्मल गुरुङलाई चयन गरियो। दोस्रो स्थापना दिवस र वार्षिक साधारण सभा विषयमा वृन्दावन वेलफेयर सोसाईटीको सचिव प्रेवस थापाले विस्तृत रूपमा बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *