खोरीबारी, 28 फरवरीः ब्राउन सुगरसहित एकजना युवकलाई पुलिसले पक्राउ गरेको छ। पक्रा परेका युवकको नाम माधव छेत्री हो। तिनी खोरीबारीको गोगारु जोत निवासी हुन्।
जानकारी अनुसार, बिहीबार राति गोप्य स्रोतबाट प्राप्त सूचनाको आधारमा खोरीबारीको पानीट्याङ्की नजिक ढाकुरु मोडमा पुलिसले शंकास्पद अवस्थामा मोटर साइकलमा आइरहेका एकजना युवकलाई रोकेर छानबिन गर्दा तिनीबाट 103 ग्राम ब्राउन सुगर उद्धार गऱ्यो। त्यसपछि युवकलाई पुलिसले पक्राउ गऱ्यो।
पुलिस सूत्र अनुसार, पक्रा परेका आरोपी युवक उक्त जफत गरेको ब्राउन सुगर कसैलाई पुऱ्याउनका लागि आएका थिए। उक्त युवकलाई पुलिसले आज सिलगढी महकुमा अदालतमा पेश गऱ्यो। खोरीबारी पुलिसले घटनाको विस्तृत छानबिन गरिरहेको छ।