ब्राउन सुगरसहित तृणमूल अञ्चल अध्यक्षलगायत 2 जना पक्राउ

आलिपुरद्वार, 11 मार्च (निसं): शमुकतला थाना पुलिसले ब्राउन सुगरसहित तृणमूल अञ्चल अध्यक्ष लगायत दुई जनालाई पक्राउ गरेको छ। आरोपीहरूको पहिचान माझीरडाबारी पश्चिम तृणमूल अञ्चल अध्यक्ष विष्णु राय र मालदाका कालियाचक निवासी सञ्जय मण्डलको रूपमा गरिएको छ। गोप्य सूत्रबाट सूचना प्राप्त भएपछि शमुकताला थाना पुलिसले सोमबार राति माझीरडाबारी क्षेत्रमा तृणमूल पार्टी कार्यालयको अगाडी अभियान चलाउँदा तिनीहरू बाट 52 ग्राम ब्राउन सुगर उद्धार गऱ्यो। शमुकताला थाना पुलिसले सम्पूर्ण घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *